
वराहक्षेत्र कांग्रेसमा ‘तेज गुरुङ’को चर्चा

सुनसरी — नेपाली कांग्रेसको आसन्न नगर अधिवेशन नजिकिँदै जाँदा बराहक्षेत्रको राजनीतिमा वडा नम्बर १० का वडाध्यक्ष तेज गुरुङको नाम चर्चामा आएको छ। गुरुङ कांग्रेस बराहक्षेत्र नगर सभापति पदका आकांक्षीका रूपमा अगाडि बढिरहेका छन्।
सामाजिक सञ्जालमा हुने चर्चा र स्थानीय तहमा देखिएको विकासको अवस्थालाई आधार मान्ने हो भने बराहक्षेत्रमा जनताले अपेक्षा गरेअनुसार काम भएको उदाहरणका रूपमा वडा नम्बर १० लाई प्रस्तुत गर्नेहरू पनि छन्। यही कारण गुरुङलाई नगर सभापतिको सम्भावित उम्मेदवारका रूपमा हेरिएको उनीनिकट कार्यकर्ताहरूको दाबी छ।
समाजका लागि बोल्ने स्वतन्त्र सामाजिक अभियान्ता अधिकांश युवाहरू तेज गुरुङ जस्तो विकास प्रेमी युवा हरेक ठाउँमा अगाडि बढ्नुपर्ने तर्क राख्छन तेज गुरुङ जस्ता युवा अगाडि बढे मात्रै समग्र पालिकाको मुहार फेरिने कुरा उनीहरू सामाजिक सञ्जालमा लेखिरहेका छन्।
कामबाट बनेको लोकप्रियता
बराहक्षेत्रका विभिन्न वडाका वडाध्यक्षहरू आगामी स्थानीय तहको निर्वाचनमा पुनः वडामै उम्मेदवार बने पनि जनताको विश्वास दोहोर्याएर प्राप्त गर्न कठिन हुने चर्चा भइरहेका बेला वडा नम्बर १० का वडाध्यक्ष गुरुङ भने फरक अवस्थामा रहेको आम जनमानसको दाबी छ।
उनीहरूका अनुसार गुरुङले वडामा गरेको काम, जनतासँगको प्रत्यक्ष सम्बन्ध र विकासका परिणामका कारण उनी लोकप्रिय बनेका छन्। यही लोकप्रियता आगामी दिनमा पनि दोहोरिएर निर्वाचन जित्ने आधार बन्न सक्ने उनीहरूको विश्वास छ। हरेक समाजमा हरेक पार्टीमा हरेक ठाउँमा काम गर्नेले प्राथमिकता पाउनुपर्ने त्यसकारण कामबाट परिणामबाट लोकप्रिय तेज गुरुङ जस्तो युवा अगाडि बढ्नुपर्ने पार्टीका समग्र युवाहरूको चाहना समेत रहेको पाइन्छ ।
गुरुङ स्वयं पनि आफ्नो राजनीतिक लोकप्रियताको आधार पार्टी वा कार्यकर्तामा गरिएको लगानी नभई काम र त्यसबाट आएको परिणाम भएको बताउँछन्।
उनको तर्कमा पार्टीको नेतृत्वमा पुग्नका लागि मात्र ठूलो लगानी गर्नु पर्याप्त हुँदैन। जनताको काम गर्नुपर्छ, जनताबीच लोकप्रिय हुनुपर्छ र त्यसपछि मात्रै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने वातावरण बन्छ।
सबै दल र समुदायसँग सहज सम्बन्ध
तेज गुरुङको अर्को राजनीतिक विशेषता उनका समर्थकहरूले सबै राजनीतिक दल र समुदायसँग कायम गरेको सहज सम्बन्धलाई मान्छन्।
उनीनिकट कार्यकर्ताहरूका अनुसार गुरुङ पार्टीगत प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्धमा बदल्ने पक्षमा छैनन्। गाउँ–समाजमा बुढापाका, महिला, युवा तथा बालबालिकासम्म उनी सहज रूपमा घुलमिल हुने र सबैलाई सम्मान गर्ने सबैको विचार र अस्तित्व स्वीकार्ने स्वभावका कारण लोकप्रिय बनेको उनीहरूको भनाइ छ।
राजनीतिक मत फरक हुँदैमा सामाजिक सम्बन्ध बिगार्नु हुँदैन भन्ने गुरुङको सोच रहेको समर्थकहरू बताउँछन्। उनी दम्भ र घमण्ड प्रदर्शन नगर्ने, आफूभन्दा फरक विचार राख्ने व्यक्तिको अस्तित्वलाई समेत स्वीकार गर्ने र ‘सबै मिलेर समाज बनाऔँ, समाजको विकास गरौँ’ भन्ने मान्यताका साथ अघि बढ्ने नेताका रूपमा प्रस्तुत भइरहेका छन्। समाजका हरेक विचारलाई भिन्न आवाजलाई वा आफूमाथि आफ्नो काम माथि कसैले प्रश्न उठाउँछ भने पनि तेज गुरुङ सहज ढङ्गले लिइन्छन र कुनै पनि समस्यामा सबैको विचार सुनेर सामूहिक निर्णय गराउँछन्।
यसकै कारण उनको वडामा राजनीतिक दलबीचको प्रतिस्पर्धाले व्यक्तिगत सम्बन्ध र सामाजिक एकतामा ठूलो असर नपारेको उनीहरूको दाबी छ।
आफ्नो गाउँ टोल समाज वडा मा सबैको मन जितेका तेज गुरुङ अब सिङ्गो बराहक्षेत्र बासीको समस्याको सारथी बन्न तयार बन्दैछन् । तेज गुरुङको जस्तो मन, समाजमा सम्बन्ध सबैको हुन नसक्ने तर हुन आवश्यक भने पक्कै रहन्छ ।
‘राजनीतिले समाज जोड्नुपर्छ, फुटाउन होइन’
गुरुङनिकट कार्यकर्ताहरूको बुझाइमा अहिले बराहक्षेत्रका केही वडामा भने राजनीतिक प्रतिस्पर्धा व्यक्तिगत तिक्ततासम्म पुगेको देखिन्छ। पार्टी र राजनीतिक आस्थाका कारण छिमेकी–छिमेकीबीच समेत दूरी बढेको तथा सामाजिक सम्बन्धमा फाटो आएको उनीहरूको आरोप छ।
उनीहरूका अनुसार जनप्रतिनिधिको व्यवहारमा दम्भ र घमण्ड देखिँदा राजनीतिक रूपमा मात्र होइन, सामाजिक रूपमा समेत त्यसको असर पर्न सक्छ। त्यस्तो अवस्थामा तिनै व्यक्तिले पुनः निर्वाचनमा उम्मेदवारी दिँदा पार्टीको संगठनभन्दा पहिले जनतामाझको स्वीकार्यता प्रश्नमा पर्ने उनीहरूको तर्क छ।
यही पृष्ठभूमिमा गुरुङको शैलीलाई उनीहरूले फरक उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। राजनीतिका कारण समाज नफुटाउने, सबैको अस्तित्व स्वीकार गर्ने र विकासका लागि सबैलाई साथमा लिएर अघि बढ्ने नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ।
क्लब र युवालाई सक्रिय बनाउने प्रयास
गुरुङको लोकप्रियताको अर्को आधारका रूपमा वडाका स्थानीय क्लब र युवाहरूसँगको उनको सम्बन्धलाई पनि कार्यकर्ताहरूले लिएका छन्।
उनका समर्थकहरूका अनुसार गुरुङले वडाभित्र रहेका विभिन्न क्लबलाई सक्रिय बनाउन, युवालाई सामाजिक गतिविधिमा जोड्न तथा खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत युवाको सहभागिता बढाउन भूमिका खेलेका छन्।
युवाहरूलाई केवल चुनावका बेला परिचालन गर्नेभन्दा उनीहरूलाई वर्षभरि सामाजिक गतिविधिमा सक्रिय बनाउने उनको प्रयास रहेको उनीहरूको दाबी छ। यसकै कारण वडाका क्लब तथा युवा समूहमा गुरुङप्रति सकारात्मक धारणा बनेको बताइन्छ।
खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, युवा सशक्तीकरण, सीप तथा क्षमता विकासका कार्यक्रमसँगै सामाजिक अभियानमा युवाको सहभागिता बढाउन उनले पहल गर्दै आएको समर्थकहरूको भनाइ छ।
‘पार्टीमा लगानी गरेर मात्र चुनाव जितिँदैन’
गुरुङको राजनीतिक धारणा पार्टीभित्रको परम्परागत प्रतिस्पर्धाभन्दा फरक रहेको उनका समर्थकहरू बताउँछन्। उनी पार्टी सभापति जित्नु मात्रै ठूलो उपलब्धि नभएको बताउँदै त्यसको प्रत्यक्ष परिणाम आगामी स्थानीय तहको निर्वाचनमा देखिनुपर्ने तर्क गर्छन्।
गुरुङका अनुसार पार्टीको नेतृत्वमा पुगेर कार्यकर्ता व्यवस्थापन गर्नु एउटा पक्ष हो भने जनताको मन जित्नु अर्को महत्वपूर्ण पक्ष हो।
पार्टी र कार्यकर्तामा ठूलो लगानी गरेर पार्टीको सभापति जित्दैमा आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नगर वडा प्रमुखसहितका पदहरू जित्छ भन्ने सुनिश्चित हुँदैन। त्यसका लागि जनताबीच लोकप्रियता र कामको परिणाम आवश्यक हुन्छ।
उनको जोड अबको राजनीति पैसा खर्च गरेर टिकट लिने वा कार्यकर्तामाझ ठूलो लगानी गर्ने शैलीबाट अघि बढ्न नसक्नेमा छ।
‘पहिला जस्तो पैसा खर्च गरेर टिकट किन्नुपर्ने दिनहरू गए। मैले पनि पैसा खर्च गरेर टिकट किनेको होइन। पैसा खर्च गरेर टिकट ल्याउन सकिएला,,सभापति पनि जितिएला,, तर त्यसकै आधारमा स्थानीय तहको चुनाव जित्न सकिँदैन,’ भन्ने गुरुङको धारणा रहेको उनीनिकट स्रोत बताउँछ।
‘तेज गुरुङ चाहिन्छ’ भन्ने कार्यकर्ताको तर्क
यही कारण नगर सभापतिमा गुरुङ आउनुपर्ने कार्यकर्ताहरूको एउटा धारणा छ। उनीहरूको तर्कमा आगामी स्थानीय तहको निर्वाचन जित्न सक्ने संगठन निर्माण गर्न पार्टीले जनताबीच स्वीकार्य, सबैसँग सम्बन्ध राख्न सक्ने र कामबाट लोकप्रियता कमाएको नेतृत्व रोज्नुपर्छ।
‘समाजमा दम्भ र घमण्डका कारण आफ्नै वडामा समेत जनताको विश्वास गुमाइसकेका व्यक्तिहरूलाई फेरि नेतृत्वमा ल्याएर कांग्रेसमा सुधार हुँदैन,’ भन्ने धारणा केही गुरुङनिकट कार्यकर्ताहरूको छ।
उनीहरूको अर्को तर्क अझै निर्वाचनसँग जोडिएको छ। पार्टीभित्रको गुट, व्यक्तिगत अहंकार र सामाजिक विभाजनलाई निरन्तरता दिइयो भने आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस कमजोर बन्न सक्ने उनीहरू बताउँछन्। त्यस अवस्थामा पार्टी तेस्रो स्थानमा पुग्न सक्ने जोखिमसमेत रहेको उनीहरूको दाबी छ।
तर गुरुङजस्तो सबै पक्षसँग सम्बन्ध राख्न सक्ने र जनताबीच स्वीकार्य व्यक्तिलाई पार्टी नेतृत्वमा ल्याउन सके संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई जितको अवस्थामा पुर्याउन सकिने उनीहरूको विश्वास छ।
२०८४ को निर्वाचनलाई केन्द्रमा राखेर संगठन
गुरुङले नगर सभापतिको जिम्मेवारी पाए पार्टी संगठनलाई आगामी २०८४ सालको स्थानीय तहको निर्वाचनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
उनका अनुसार अब पार्टी नेतृत्वले कार्यकर्तामाझ मात्र होइन, आम मतदातामाझ आफ्नो उपस्थिति बलियो बनाउनुपर्छ। जनताको समस्या समाधान गर्ने, स्थानीय विकासका परिणाम देखाउने र जनतासँग निरन्तर जोडिएर काम गर्ने नेतृत्वले मात्रै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सक्ने उनको तर्क छ।
उनको बुझाइमा पार्टी सभापति बन्ने व्यक्तिले पार्टी संगठनलाई मात्र होइन, आगामी निर्वाचनमा जनताको विश्वास पनि जित्न सक्ने क्षमता राख्नुपर्नेहुन्छ जुन कारण ले नेपाली काङ्रेस बाट स्थानीय चुनावमा हुम्मीने नेता हरुलाइ सहज हुने कुरा बताउनुहुन्छ ।
नेतृत्वको आधार : काम, परिणाम र जनविश्वास
बराहक्षेत्र कांग्रेसको नगर सभापतिको प्रतिस्पर्धामा तेज गुरुङको सम्भावित उम्मेदवारीलाई समर्थकहरूले यही राजनीतिक दृष्टिकोणसँग जोडेर हेरेका छन्।
उनहरूको दाबीमा गुरुङको शक्ति पार्टीभित्रको आर्थिक लगानीभन्दा बिधार्थी जीवनबाट नेपाल बिधार्थी संघ प्रकाश माबी इकाइ कमीटी सचीव हुँदै २०६८ शालमा नेपाल बिधार्थी संघ सुनसरीको जील्ला सदस्य दुइ कार्यकाल तत पस्चात नेपाल तरुण दल प्रकाशपुर गाबीस शभापती प्रकाशपुर युवा जमात अध्यक्ष नेपाल तरुण दल बराहक्षेत्र स-सचीव र नेपाली काङ्रेसको १४ औ महाधीवेसन बाट वडा शभापती निर्वाचीत गुरुङ क्रमशः वडाअध्यक्ष निर्वाचीत भएपस्चात वडा नम्बर १० मा गरेको काम, त्यसबाट बनेको जनसम्बन्ध, सबै पक्षसँगको सहकार्य र जनताबीचको लोकप्रियता हो।
अब बराहक्षेत्र कांग्रेसले आगामी नेतृत्वका लागि कुन आधारलाई प्राथमिकता दिन्छ—पार्टीभित्रको संगठनात्मक पकड र लगानीलाई वा जनतामाझ गरेको काम र लोकप्रियतालाई—त्यसको निर्णय नगर अधिवेशनले गर्नेछ।
तर वडा नम्बर १० का वडाध्यक्ष तेज गुरुङले भने आफ्नो दाबीको मुख्य आधारका रूपमा सङ्गठन भित्रको काम, परिणाम, सामाजिक सद्भाव र जनताको विश्वासलाई अघि सारेका छन्।
उनका समर्थकहरूको निष्कर्ष छ—पार्टी जित्ने नेतृत्व मात्र होइन, चुनाव जित्ने र जीताउन सक्ने हरेक नागरीक स्थरमा समाज जोड्ने नेतृत्व कांग्रेसलाई आवश्यक छ। त्यसका लागि तेज गुरुङ मात्रै उपयुक्त विकल्प हुन ।
