
काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबिच भएको पछिल्लो छलफलमा सरकारका केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री बालेन अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढी जोड दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएको स्रोतको दाबी छ।
स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट छन् । स्वर्णिमले आफ्नो निकटस्थ व्यक्तिलाई नियुक्त गरेर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको आरोपसमेत प्रधानमन्त्री निकटबाट लगाइएको छ
“अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त छ। धितोपत्र बोर्डको अध्यक्षमा स्वर्णिमका बिजनेस पार्टनर गोपालप्रसाद भट्ट नियुक्त भए। स्वर्णिमले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी आफ्नो मान्छे च्याप्ने काम गर्नुभयो,” प्रधानमन्त्री निकट एक स्रोतले भन्यो।
