Skip to main content

Eratopatrika

🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ५३
🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ५३

चतरा जलविद्युत तथा मोरङ सुनसरी सिँचाइ आयोजनाको मन्त्री श्रेष्ठ र सांसद शाहद्वारा अनुगमन

चतरा जलविद्युत आयोजनाको मन्त्री श्रेष्ठ र सांसद साहद्वारा अनुगमन

वराहक्षेत्र ६ भदौ ।

सुनसरीमा रहेको चतरा जलविद्युत आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहले शनिबार अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठ र सांसद साहले आयोजनाको वर्तमान अवस्था, प्रगति, निर्माणका क्रममा देखिएका समस्या तथा आवश्यक पूर्वाधारबारे सम्बन्धित निकायका अधिकारीसँग जानकारी लिएका थिए। टोलीले आयोजनाको सम्भावना, कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायबारे समेत छलफल गरेको थियो।
सांसद साहले आफू पनि सुनसरीमा करिब १०–१२ बिघा खेतीयोग्य जमिन भएको र सिँचाइको समस्या प्रत्यक्ष भोगिरहेको बताउँदै सिँचाइ समस्या समाधानका लागि आफू ‘बोलेर होइन, काम गरेर देखाउने’ उद्देश्यसहित सम्बन्धित निकायका प्रमुख तथा मन्त्रीलाई साथमा लिएर स्थलगत अनुगमनमा आएको बताए।
उनले कोशी क्षेत्रको सिँचाइ समस्या समाधानलाई प्रधानमन्त्री बालेन्द्र शाहको समेत प्राथमिकताको विषयका रूपमा आफूले लिएको बताए। सिँचाइको समस्या समाधानका लागि आवश्यक बजेट तथा योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए।
अनुगमनका क्रममा स्थानीयवासीले उठाएका प्रश्न तथा गुनासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले विगतमा को–को मन्त्री आए र के–के काम गरे भन्नेभन्दा पनि अब आफूले के गर्न सक्छु र समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेको बताए।
मन्त्री श्रेष्ठले सुनसरी–मोरङ क्षेत्रमा देखिएको सिँचाइसम्बन्धी समस्या समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाए। उनले आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने बताए।
अनुगमनमा सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख मनोहरकुमार शाहसहित सम्बन्धित निकायका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.