Skip to main content

Eratopatrika

🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ५३
🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ५३

वराहक्षेत्र न/पा को सहकार्यमा बाढीपिढीतको लागि राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि वराहक्षेत्रमा राहत संकलन अभियान जारी, साविक महेन्द्रनगरबाट ३६ हजार २ सय ६५ रुपैयाँ संकलन

वराहक्षेत्र

भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र नगरपालिका–६, ७ र ८ (साविक महेन्द्रनगर) क्षेत्रमा राहत संकलन अभियान जारी रहेको छ।

वराहक्षेत्र नगरपालिकाको समन्वय तथा विभिन्न संघसंस्थाको सहकार्यमा स्थानीय संघसंस्था, सामाजिक क्षेत्र तथा सक्रिय युवाहरूको सहभागितामा सञ्चालन भइरहेको अभियानअन्तर्गत दिउँसो ४ बजेसम्म ३६ हजार २ सय ६५ रुपैयाँ नगद संकलन भएको छ।

नगद सहयोगसँगै चामल, चाउचाउ, बिस्कुट, जुस, नुन, तेललगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसमेत संकलन भइरहेको छ। अभियानमा तुलसी बहादुर श्रेष्ठ, दिनेश पोख्रेल, गंगा पोख्रेल, भुवन पोख्रेल, दुर्गा राई, नवीन विश्वकर्मा, पदम माझी, सर्मिला राई, शालिग्राम दाहाल, मञ्जु आचार्य, दिनेश बिष्ट (गाउँले), सुनिल गुरागाईंलगायतको सहभागिता रहेको छ।

अभियानमा संकलन भएको खाद्यान्न तथा अन्य जिन्सी सामग्री वराहक्षेत्र नगरपालिकालाई बुझाइने भएको छ। त्यस्तै, राहत संकलनबाट प्राप्त नगद रकम भने प्रधानमन्त्री राहत कोषको खातामा पठाइने अभियानमा संलग्न दिनेश पोख्रेलले बताएका छन्।

पोख्रेलका अनुसार राहत संकलन कार्य नगरपालिकाको समन्वय तथा विभिन्न संघसंस्थाको सहकार्यमा वराहक्षेत्रका प्रत्येक साविक गाविस तथा विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको छ। विपद्का समयमा पीडित परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय स्तरबाट अभियान सञ्चालन गरिएको उनले बताए।

साविक महेन्द्रनगर क्षेत्रमा हालसम्म संकलन भएको ३६ हजार ३ सय ६५ रुपैयाँलाई भने अन्तिम रकम मान्न नहुने बताइएको छ। राहत संकलन अभियान अझै जारी रहेकाले आगामी दिनमा नगद तथा जिन्सी सामग्री थप संकलन हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, वराहक्षेत्रका अन्य साविक गाविस तथा क्षेत्रमा समेत राहत संकलन भइरहेको भए पनि त्यहाँबाट संकलित नगद तथा जिन्सी सामग्रीको विवरण आउन बाँकी रहेको जनाइएको छ। सबै क्षेत्रबाट विवरण प्राप्त भएपछि संकलित रकम तथा सामग्रीको एकीकृत विवरण तयार गरिनेछ।

अभियान सम्पन्न भएपछि संकलित नगद रकम प्रधानमन्त्री राहत कोषमा पठाउनुका साथै खाद्यान्न तथा अन्य जिन्सी सामग्री नगरपालिकामार्फत सम्बन्धित राहत कार्यमा प्रयोग हुने गरी हस्तान्तरण गरिने बताइएको छ। यसबाट राहत संकलन तथा हस्तान्तरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.