Skip to main content

Eratopatrika

🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ०७
🗓️ बुधबार, भाद्र ३१, २०८३ 🕐 ०४ : ०७

वराहाक्षेत्रमा विद्युतको समस्या: नागरिकले गरे पहल-नेता र जनप्रतिनिधिमाथि उठ्यो प्रश्न

वराहक्षेत्र सुनसरी

बराहक्षेत्र नगरपालिकाका विभिन्न वडामा केही दिनयता दिनमै पटक–पटक विद्युत अवरुद्ध (झ्याप्प–झ्याप्प लाइन जाने) समस्या दोहोरिँदा स्थानीय सर्वसाधारण, व्यवसायी, विद्यार्थी तथा सिटी अटो चालकहरू मारमा परेका छन्। बारम्बारको विद्युत कटौतीका कारण दैनिक जनजीवन प्रभावित बनेपछि स्थानीयमा आक्रोश बढ्दै गएको छ।

बिजुलीको समस्या समाधानको माग गर्दै आज बराहक्षेत्र–चक्रघट्टीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा स्थानीय तथा सिटी अटो चालकहरूले घेराउ गरेका थिए। आक्रोशित स्थानीयले केही समय कार्यालयमा तालाचाबी समेत लगाएका थिए। पछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीसँग भएको छलफलपछि स्थानीयले कार्यालयको चाबी नगरप्रमुखलाई बुझाएका थिए। छलफलमा समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता प्राधिकरणले गरेको छ । बत्ती के कारण गयो समस्या कहाँ आयो विद्युत कति समय अवरुद्ध हुन्छ जस्ता कुराहरू प्राधिकरणले आफ्नो फेसबुक पेज बाट जनतालाई समयमै जानकारी गराउने बताएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि दिनमा धेरै पटक लाइन जाने, कम भोल्टेज आउने तथा नियमित विद्युत आपूर्ति नहुँदा व्यवसाय, घरायसी कामकाज र सवारी सञ्चालन समेत प्रभावित भएको छ। समस्या समाधानको माग गर्दै नेपाल विद्युत प्राधिकरणमा पुग्दा कर्मचारीलाई समस्या राख्दा “बालेनलाई फोन गर्नुस्” भन्नुस भन्ने जवाफ दिएको बताएका छन ।

विद्युतको समस्यालाई लिएर स्थानीय युवा अभियन्ता सुमित भाइले सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिहरूप्रति र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापतिमाथि प्रश्न उठाएका छन्। उनले नगरप्रमुख रमेश कार्कीले समस्या समाधानका लागि पहल गरिरहेको चर्चा भइरहे पनि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक कुमार शाहले किन पर्याप्त चासो नदिएको भन्दै प्रश्न गरेका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाईको सरकार रहेको र यहाँका सांसद निकट व्यक्तिहरू वा पार्टीका नगर सभापति kalyan bista ले जनताको समस्या माननीय ज्यूसम्म प्रभावकारी रूपमा पुर्‍याए वा नपुर्‍याएको भन्ने प्रश्न पनि उठाएका छन्।

केन्द्र सरकार आफ्नै पार्टीको रहदा पनि सो पाटीको स्थानीय नेता नेतृतेले आफ्नै नगरपालिकामा देखिएको विद्युत लगाएत विभिन्न समस्यालाई सम्बन्धित निकाय वा स्थानीय सरकारसमक्ष सशक्त रूपमा उठाउन नसकेको,, प्रश्न गर्न नसकेको जनताको आवाज बन्न नसकेको आरोप लाग्दै आएको छ । स्थानीयको भनाइ अनुसार जनताको समस्या समाधानका लागि सबै राजनीतिक दल दलका स्थानिय नेता  र जनप्रतिनिधिहरू समान रूपमा जिम्मेवार हुनुपर्ने अपेक्षा  रहेको स्थानीय बताउँछन्।

यता स्थानीय डाक्टर दीपक अधिकारीले  आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्दै नागरिकस्तरबाट सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरेपछि विद्युत समस्या समाधानतर्फ अघि बढेको उल्लेख गरेका छन्। उनले नागरिकले नै सरकारी तहका पदाधिकारीसँग सम्पर्क गरी समस्या समाधानका लागि पहल गर्न सक्ने अवस्था रहेको भन्दै जनप्रतिनिधि र राजनीतिक नेतृत्वले अझ सक्रिय भूमिका खेल्नुपर्ने संकेत गरेका छन।

Oplus_131072

मेयर रमेश कार्की संगको छलफल पश्चात अधिकांश स्थानीयले मेयर रमेश कार्की माथि प्रश्न उठाएका छन्। 

विद्युत प्राधिकरणका कर्मचारीको बोल्ने शैली र व्यवहार नभएको समस्या लिएर जाँदा उल्टै बालेनलाई भन्नु भन्ने गरेको गुनासो मेयरसामु राख्दा समेत मेयरले सो विषयमा कर्मचारीको जवाफ नखोजेको कर्मचारीबाट भविष्यमा यस्ता गल्ती नदोहोर्याउन निर्देशन नगरेको स्थानीयले गुनासो गरेका छन्।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.